नेपालमा एकैदिन ९ हजार ७० जना कोरोना संक्रमित,५४ जनाको मृत्यु

काठमाडौं,बैशाख,२३-नेपालका एकैदिन ९ हजार ७० जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

परीक्षण गरिएकामध्ये ४४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।संक्रमणबाट पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ ।

योसँगै कूल मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ । २ हजार ७ सय ७ जनाले गत २४ घण्टामा कोरोनालाई जितेका छन्।