२४ औ राष्ट्रिय भारत्तोलन प्रतियोगिताको पहिलो दिन आर्मीको टिमले जित्यो तीन स्वर्ण

नेपालगन्ज,बैशाख,०६-

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २४ औ राष्ट्रिय भारत्तोलन प्रतियोगिताको पहिलो दिन विभागीय टिम आर्मीले तीन स्वर्ण जितेको छ । शुक्रबार नेपालगञ्जमा भएको प्रतियोगितामा आर्मीले ४५ केजी महिला, ५५ केजी पुरुष र ६१ केजी पुरुष तौल समुहमा स्वर्ण जितेको हो ।

४५ केजी महिला तौल समुहमा आर्मीकी रिता गुरुङले ९५ केजी भार ग्रहण गरिन् । स्न्याचमा ४५ केजी भार वहन गरेकी उनले क्लिन एण्ड जर्कमा ५० केजी तौल उठाउँदै स्वर्ण जितेकी हुन् ।

सोही स्पर्धामा प्रदेश ५ की हिरामोती चौधरी दोस्रो र प्रदेश २ की काजल सेडा तेस्रो भईन् ।

पुरुष ५५ केजी तौल समुहमा आर्मीका तुलाधार महतो पहिलो भए । १ सय ७५ केजी भार वहन गर्दै उनले स्वर्ण जिते । पुलिसका गणेश रानाभाट दोस्रो र प्रदेश ७ का रविलाल चौधरी तेस्रो भए ।

पुरुष ६१ केजीमा आर्मीका राजु चौधरीले स्वर्ण जिते । उनले २ सय केजी भार वहन गरे । पुलिसका मुई लामा दोस्रो र आर्मीका सन्तोष थपलिया तेस्रो भए ।

महिला ४९ केजी तौल समुहमा भने पुलिसले बाजी मा¥यो । पुलिसकी सङ्गिता राईले स्वर्ण जितिन् । स्न्याचमा ५८ केजी तौल उचालेकी उनले क्लिन एण्ड जर्कमा ७५ केजी तौल वहन गरिन् ।

प्रदेश एककी करिना चौधरी दोस्रो र प्रदेश ५ की पवित्रा थापा मगर तेस्रो भईन् ।