कोपा अमेरिकाको उपाधी अर्जेन्टिनाले जित्यौ

ट्रेबलनजिक मेसीटोकियो,जापान,असार,३१-कोपा अमेरिकाको उपाधी अर्जेन्टिनाले जितेको छ।अर्जेन्टिनाको जितमा मार्टिनेज नायक बने ।

फाईनल खेलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए पछि थप समयको ११२ औं मीनेटमा अर्जेन्टिनाका जर्सी नं. २२ का खेलाडी मार्टिनेजले गोल गर्दै आफ्नो देशलाई उपाधी दिलाएका हुन्।

खेलमा दुवै टिमबाट थुप्रै अवसर पाए पनि सदुपयोग गर्न भने सकेनन्।खेलको ६६ औं मिनेटमा अर्जेन्टिनाका कप्तान तथा स्टार लिओनल मेसी दाहिने खुट्टाको चोटका कारण मैदानबाट बाहिरिएका थिए।

कोपा अमेरिकाको उत्कृष्ट गोल किप्परमा अर्जेन्टिना कै गोल किप्परमा मार्तिनेज भए भने उच्च गोल स्कोरमा लाउटोर्रो मार्टिनेज र उत्कृष्ट डिफेण्डरमा रोड्रीगो भएका हुन्।

मेसीको कप्तानीमा रहेको अर्जेन्टिना लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेर इतिहास रच्ने लक्ष्यमा पुरा गरेको हो।कोलम्बियाले दोस्रो पटक कोपा अमेरिका जित्ने र सन् २०२२ को फेब्रुअरीमा अर्जेन्टिनाविरुद्धको अन्तिम हारको बदला लिने लक्ष्य राखेको राखें पनि त्यो भने पुरा गर्न सकेन।

यसैविच :कोलम्बियाली कप्तान जेम्स रोड्रिग्वेज कोपा अमेरिकाको उत्कृष्ट खेलाडी घोषित भएका छन्।उनले आफ्नो कप्तानीमा कोलम्बियालाई अपराजित राख्दै २३ वर्षपछि फाइनल पुर्‍याएका थिए।

यसक्रममा उनले ६ खेलमा ६ असिस्ट र एक गोल गरेका थिए। त्यस्तै, चार खेलमा उनी ‘म्यान अफ द म्याच’ घोषित भएका थिए।योसँगै कोलम्बियाको अपराजित यात्रा २९ खेलमा आएर टुंगिएको छ।