चोखो परतिको अपार सफलता पछि लोक दोहोरिमा जम्दै गायक चन्द घायल

काठमाण्डौ,पुस ६- लोक दोहोरी क्षेत्रमा छोटो समयमा नै चर्चा कमाउन सफल गायक चन्दले फेरी  दर्जनौ गितहरु बजारमा आउने तयारीको रहेको जनाकारी दिनुभएको छ । कालीकोट जिल्ला पाखा गा.वि.स. वडा ५ घर भइ कर्मथलो सुर्खेत बनाउदै आउनु भएका अनिल आज प्रवास बाट नै दर्जनौ गितहरुमा लय शब्द स्वर भरी एक एक चर्चामा आउनु भएको हो । उहाँले बाल्यकाल देखिनै लोक दोहोरी लाई अति मन पराउनु हुन्थ्यो बिद्यार्थी जीवन मा पनि अनिल विभिन्न विधायल मा आफ्ना ती समधुर स्वर हरु गुन्जाउन सधै अगाडी हुनुहुन्थ्यो बेरोजगारी को कारण प्रवास छिरेका अनिल प्रवास मा रहेर पनि आफ्नो लोक सङ्गीत लाई नबिर्सिकन आफ्नो साँगितीक यात्रालाई निरन्तरता दिईरहनु भएको छ ।

निकै महेनत र प्रयास पछि प्रवास बाटै चोखो पिरती नामक पहिलो लोक दोहोरी एल्बम बाट साङीतिक क्षेत्रको यात्रामा पाइला टेक्नुभएका अनिल आज हजारौ दर्शक स्रोताको मन मुटुमा बस्न सफल हुनु भएको छ । उहाँले अपुरो हाम्रो प्रेम,आँसु उपहार,पहिलो प्रेम,प्रेममा घात जस्ता दर्जनौ गित हरु बजारमा भित्राइसक्नु भएको बताउनुभयो । उहाँले भन्नुभयो अझै दर्जनौ गितहरु आउने तयारीमा छन र आगामी आउने गितहरु पनि दर्शक हरु माझ लोक प्रीय हुने उहाँले दावि गर्नुभयो । अवका भावि दिनमा उहाँको साँगितीक यात्रा निरन्तर अघि बढ्दै जाओस् हाम्रो सफलताको शुभकामना ।।