आगामी निर्बाचनका लागी ओखलढुंगामा ११ सय भन्दा बढि कर्मचारी खटाइने

सिर्जना बर्देवा/
ओखलढुंगा,कार्तिक २९-
आगामी निर्बाचनका लागी ओखलढुंगा जिल्लामा १ हजार १ सय २८ जना कर्मचारी खटाइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनका लागि खटाईने कर्मचारीको नामावली तयार पारिएको छ । यही मंशिर सात गते तोकिएको मतदान केन्द्रहरुमा पुग्ने गरी कर्मचारीहरु परिचालन गरिने छ ।

एक सय ४१ मतदान अधिकृत, एक सय ४१ जना सहायक मतदान अधिकृत निर्वाचानमा खटिएका छन् । निर्वाचान अधिकृत, सहायक निर्वाचन अधिकृत सहित एक मतदान केन्द्र बराबर ४ जना सहायक कर्मचारी र दुईजना सहयोगि कर्मचारी गरी आठ जना कर्मचारी खटाईने मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।

निर्वाचनका लागि आवश्यक सम्पुर्ण सामाग्रीहरु जिल्ला आईपुगीसकेका छन् । निर्वाचान सामाग्री सम्बन्धीत निर्वाचन स्थलहरुमा पठाउने तयारी भईरहेको छ । जिल्लामा एक नगरपालीका सहित सात वटा गाउँपालीका भित्र एक सय ४१ मतदान केन्द्र मार्फत मतदान हुदैछ ।

पहिलो चरण अन्तर्गत मंसिर १० गते हुने प्रदेश र प्रतिनिधी सभाको चुनावमा १ लाख २ हजार २ सय ६३ जना मतदाताले मतदान गर्दैछन् । निर्वाचनको सुरक्षाका लागि सम्पुर्ण मतदान केन्द्रहरुमा नेपाल प्रहरी, म्यादी प्रहरी खटिएका छन् । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।