लर्ड बुद्ध एजुकेशनल एकेडेमीको ५ अौं कर्मचारी अधिबेशन सम्पन्न

सभापतिमा कुश्माखर बश्याल सर्व सम्मत चयन

कोहलपुर ,साउन,२०-
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि-कर्मचारी संगठन केन्द्रीय कमिटीले अाफनो ५ अौं अधिबेशन शिक्षण अस्पताल कोहलपुरमा हिजो राति सम्पन्न भएको छ । ५ अौं केन्द्रीय सभापतिमा कुश्माखर बश्याल सर्व सम्मतिले विजय हुनुभएको छ ।

उक्त कार्यक्रममा सभापतित्वमा संगठनका कार्य वाहक सभापति मुस्लिम खान, प्रमुख अतिथिमा प्रदेश नं ५ कि भुमि सुधार तथा सहकारी मन्त्री अारती पौडेल , विशिष्ट अतिथिहरुमा प्रदेश नं ५ बाके क्षेत्र नं १ क कि सभाषद कृण्णा के-सी- नमुना, श्रम अञ्चल कार्यालय बाकेका प्रमुख मनोज कुमार यादब, शिक्षण अस्पताल कोहलपुरका अस्पताल निर्देशक डा-श्रबण कुमार चौधरी, अतिथिहरुमा संगठनका सस्थापक सदस्य अर्जुन पौडेल , पूर्व सभापति अब्दुल हुसेन खान, टी-एन-रावत लगायतका बिभिन्न ट्रेड युनियनका नेताहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी बरिस्ठ उपसभापतिमा मुस्लिम खान, उपसभापतिहरु क्रमश लंक रोकाय, सुमन गिरी, हरि चालिसे , महासचिवमा रत्ना गिरी , उपमहासचिवमा गोकर्ण शाही, सचिवमा केदार सापकोटा , अर्जुन पनेरु, कोषाध्यक्षमा लोकनाथ पराजुली लगायत १५ सदस्यीय सर्बसम्मत चयन हुनुभएको निर्वाचन मण्डलामा बस्नु भएको शरद पोखरेलले बताउनु भयो । हिजो राति नै शिक्षण अस्पताल कोहलपुरमा बिभागीय कमिटी गठन गरिएको र जसको अध्यक्षमा रमेश जि-सी- लगायत १५ जनाको पदाधिकारी पनि चयन हुनुभएको बताईएको छ ।