ओखलढुंगाका कर्मचारीहरु मतदान केन्द तर्फ जादै

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर ५,

पहिलो चरण अन्तरगत यहि मंसिर १० गते हुने प्रदेशसभा प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगाका कर्मचारीहरु मतदान केन्द्रमा जान थालेका छन् । मत पेटिका, मतपत्र, मसी, छाप लगायतका ६४ प्रकारका निर्वाचन सामग्री लिएर मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीहरु मतदान केन्द्रतर्फ जान थालेका हुन् ।

Okhaldhunga district

जिल्लाका दुरदराजमा रहेका मतदान केन्द्रहरुमा खटिएका अधिकांश कर्मचारीहरु हिँडिसकेको जिल्ला निर्वाचन अधिकारी अजुर्न राईले बताए । जिल्लाबाट टाढा रहेका गाउपालिकाहरु खिजिदेम्बा,लिखु लगाएतका गाउपालिकाहरुमा चुनाव सामाग्री सहित कार्मचारी हिडिसकेको राईको भनाई छ ।

यस गाउपालिकामा पुग्न जिल्ला सदरमुकामबाट दुई दिनमा पुग्न सकिन्छ । अन्य केन्द्रमा खटाइएका कर्मचारीहरु पनि निर्वाचन सामग्री सहित जाने तयारीमा रहेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । ओखलढुंगामा ७८ मतदान स्थलका १ सय ४१ मतदान केन्द्रबाट निर्वाचन हुदैछ । जसमा १ लाख २ हजार २ सय ६३ जना मतदाताले भोट हाल्दैछन् ।