बर्दियाको बबईमा ट्रक दुर्घटनामा दुई जना घाइते

के-पी- घिमिरे/
बबई , जेष्ठ,१०-
रुकुमको चौरजहारीबाट सुर्खेत हुदै नेपालगन्ज तर्फ जादै गरेको ट्रक बर्दिया जिल्लाको बबई नजिकै दुर्घटना हुदा दुईजना घाइते भएका छन् ।

नेपालगन्ज देखि सुर्खेत तिर जादै गरेको मोटर साईकललाई बचाउन खोज्दा ट्रक सडक देखि तल खसेको थियो ।

उक्त ट्रकका चालक राम बहादुर बोहरा र खलासी सुबास देवकोटा घाइते भएका थिए उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भईरहेको र उनीहरू खतरा मुक्त रहेको ईलाका प्रहरी बबईले बताएको थियो ।