महिलालाई सेनेटरी प्याड बनाउने तालिम

नेपालगञ्ज,जेठ,१०-

नेपालगञ्जमा बेरोजगार महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउन तथा वजारीकरण गर्न सीकाइएको छ । नेपालगन्ज उपमहानगरपालीकाको आयोजना, महिला उद्यमी संघ बाँकेको सहजीकरण र यूराशिया रेयुकाईको सहकार्यमामा नेपालगञ्जमा ५ दिने तालिम दिइएको हो ।

महिनावारीका समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन तथा विक्री वितरणको व्यवस्था गर्न २३ वडाकै महिला सहभागी हुने गरि ५० जनालाई तालिम दिइएको हो । घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारी प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि बाँकेमा पहिलो पटक घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड वनाउन तालिम दिइएको हो ।

श्रोत व्यक्तिका रुपमा राज बहादुर चौधरी, शान्ति नकर्मी, सुश्मा सुवेदीले मेशिनबाट सेनटरी प्याडको महत्व, प्याड तथा कपडाको झोला बनाउने तरिका, र त्यसको बीक्री लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

तालिममा सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै नगर उपप्रमुख उमा थापा मगरले सेनेटरी प्याड निर्माणसँगै यसको वजारीरकणका लागि सामुहिक पहलको आवश्यक्ता औल्याउनु भयो । व्यवसायिक निरन्तरताले आत्मनिर्भर बनाउन मद्यत पुग्ने भन्दै उहाँले आगामी दिनमा वडास्तरमा पनि यस्ता कार्यक्रम सञ्चालन हुने विश्वास व्यक्त गर्नु भयो ।

महिला उद्यमी संघ बाँके अध्यक्ष सुशिला गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तालिममा सहभागीहरु पुष्पा शर्मा, लक्ष्मी खत्री,सुनिता काँधु, रुबी निशा खान लगायतले सीकेका कुरालाई व्यवसायमा रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

संघका महासचिव साबीत्री बस्नेताद्धारा सञ्चालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष निर्मला गौतमले गर्नु भएको थियो । सहभागीहरुलाई प्याड बनाउने कपडा, कैची, सीयो धागो, इन्ची टेप लगायत समेत उपलव्ध गराइएको थियो ।