५७ औँ नर्सिङ्ग दिवसको अवसरमा नर्शहरुले गरे हात खुट्टा गुमाएका कुंवरलाई आर्थिक सहयोग

नेपालगंज,माघ,१५-

सुरक्षित कार्यक्षेत्र गुणस्तरीय नर्सिङ्ग सेवा भन्ने मुल नाराका साथ आज देशभर ५७ औ राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ ।बाँकेको नेपालगन्जमा पनि विभिन्न कार्यक्रम गरी नर्सिङ्ग दिवस मनाइयो ।

नेपालगन्ज शिक्षण अस्पतालमा कार्यरत नर्सहरुले शुभकामना आदान प्रदान संगै करेन्ट लागेर आफ्नो दुई हात र एक खुट्टा गुमाएका बाँकेको बैजानाथ गाउँपालिका ८ मा बस्ने बुद्धिमान कुवरका लागी कार्यक्रम स्थलमै पैसा सङकलन गरी १५००० रुपैया अभियानकर्ता पत्रकार खगेन्द्र दाहाललाई हस्तान्तरण गरेका छन ।

नर्सिङ्ग कर्मचारी सगै विरामि भेट्न आएकाहरुले पनि बुद्धिमानको उपचारको लागी सहयोग गरेका थिए । थप रकम उठाएर सहयोग गर्ने नर्सिङ्ग कर्मचारी एङगिरा रेग्मीले जानकारी दिनुभयो ।नेपालगन्जमा सहयोग अभियान सन्चालन गरेका पत्रकार दाहालले सहयोग रकम बढ्ने क्रममा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष तथा मानव अधिकार मोनटरिङ्ग नेपालका उपाध्यक्ष डा।विनोद कर्णले बुद्धिमान कुंवरको लागी कृतिम हात खुट्टाका लागी सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको नर्सिङ्ग अधिकृत सुमन गिरीले जानकारी दिनुभयो ।

नर्सिङ्ग मेट्रोन ममता शर्मा, नेपालगन्ज शिक्षण अस्पताल कर्मचारी सङगठनका बरिष्ठ उप सभापति मुस्लिम खान, बिहानी अनलाईनका संवाददाता केपी घिमिरे लगाएतले शुभकामना दिनुभएको थियो ।