अशोक चाम्लिङ राइको नयाँ गीत “मनकी सिम्मा” सार्वजनिक(भिडियो सहित)

इटहरी,जेष्ठ ,२४-


अशोक चाम्लिङ राइको नयाँ गीत “मनकी सिम्मा” नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ।

अशोक चम्लिङ्ग राइको प्रस्तुति रहेको उक्त गीतमा गायक दिनेश राइको आवाज, दिपेन्द्र राइको संगीत तथा शब्द स्वयं अशोक चाम्लिङकै रहेको छ भने गीतलाई मनोज मोतेले एरेन्ज गरेका हुन।

उदयपुर गाईघाटमा अबस्थित रमणीय ठाँउ प्राकृतिक ताजमहल र इटहरी सुनसरीको प्रणामी मन्दिर,तालतलैया लगायत इटहरीको रमणीय ठाँउमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई छायांकन तथा निर्देशन सुवास संकल्पले गरेका हुन ।

साथै प्राकृतिक ताजमहल र प्रणामी मन्दिरमा पहिलो पटक यो म्युजिक भिडियो छायांकन गरिएको हो। हेर्दा आकर्षक लाग्ने गीतको भिडियोमा संचारकर्मी द्वय उमेश बान्तावा राइ र कबिता चाम्लिङ्ग राइ, सृजना मगर,डेजी लिम्बु,वदिपक गिरि ,अशोक राइ लगायतको अभिनय रहेको छ। भिडियोलाई क्रेटिभ मोसन पिक्चरले सम्पादन गरेको छ।

गीतको म्युजिक भिडियोलाई “फुलन्देको आमा” नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

हेर्नुस भिडियो…