कालीकोटमा पहिरोले पुरिदाॅं ८ जनाको मृत्यु, १ जना वेपत्ता

फाईल तस्विर !!

काठमाडौं,साउन,१४-कालीकोट जिल्लाको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोमा परी   ६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्याम ओलियाले जानकारी दिनुभयो ।

पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको थियो ।

त्यसैगरी सोही गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी श्रीमतीको मृत्यु भएको छ । बाले बेपत्ता रहेको र खोजी कार्य भइरहेको डीएसपी ओलियाले बताउनुभयो ।