कैलालीमा बर्षासंगै आएको बाढीले एकसय भन्दा बढी घर डुवायो

कैलाली,साउन,१४-कैलालीमा बर्षासंगै आएको बाढीले एक सय भन्दा बढी घर डुवानमा परेका छन् ।कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

जोशीपुरमा काँडा नदी गाउँमा पसेपछि २५ घर डुवानमा परेका छन् ।उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुवानमा परेका छन ।काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० भन्दा बढि घर डुवान परेकोे प्रहरी नायव उपरिक्षक विष्टले बताउनुभयो ।कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुवानमा परेका छन् ।