घरमै सुत्केरी गराउनेलाई दण्डित, स्वास्थ्य संस्थामा आउनेलाई आयोनुन

दार्चुला, पुस २९ – दार्चुलाको लटीनाथ स्वास्थ्यचौकीले घरमै सुत्केरी गराउने, गर्भ जाँच नगर्ने नगराउनेलाई दण्डित गर्ने भएको छ । बिहीबार स्वास्थ्यचौकीमा बसेको स्वास्थ्य व्यवस्थापन समितिको बैठकले घरमै सुत्केरी गराउने र गर्भ जाँच नगर्नेलाई एक हजार रुपैयाँ जरिवना र गाविसबाट दिइने सेवा सुबिधान नदिने निर्णय गरेको स्वास्थ्यचौकी प्रमुख दिनेश महतोले जानकारी दिनुभयो ।

लटीनाथ गाविसमा महिला गर्भवती भएपनि चेकजाँच गर्न नआउने र घरमै सुत्केरी हुने गरेकाले स्वास्थ्यचौकीमा आएर सुरक्षित तरिकाले बच्चा जन्माउन यस्तो निर्णय गरिएको महतले बताउनुभयो । यस्तै स्वास्थ्य संस्थामा आएर नियमित चार पटक गर्भ जाँच गर्ने र प्रसुती केन्द्रमा बच्चा जन्माउने महिलालाइ १ प्याकेट आयोडिनयुक्त नुन, साबुन र नेलकटर समेत दिने निर्णय भएको उहाँले बताउनुभयो ।साभार उज्योलो अनलाईबाट