दाहालले संसद बहिष्कार नभई सरकारले ल्याएको एजेण्डा बहिष्कार गरेको हो : प्रचण्ड

काठमाडाौं,फाल्गुन,२३-नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद बहिष्कार नभई सरकारले ल्याएको एजेण्डा बहिष्कार गरेको बताउनु भएको छ। 

प्रतिनिधिसभा बैठक छोडेर बाहिर निस्कँदै गर्दा संघीय संसद भवनमा संचारकर्मीसँग अध्यक्ष दाहालले संसदको नभई अध्यादेश पेस गर्ने एजेण्डाको विरोध गरेको प्रतिक्रिया दिनुभएको थियो ।

असंवैधानिक, अनैतिक र अलोकतान्त्रिक सरकारलाई अध्यादेश ल्याउने अधिकार नभएकाले अध्यादेश पारित गराउने एजेण्डा बहिस्कार गरेको बताउनुभयो। सर्वोच्च अदालतको फैसलाले सरकार कसको हो भन्ने दुविधा सिर्जना गरेको पनि उहाँले उल्लेख गर्नुभयो।

कानुन व्यवसायीसँग छलफल गरी स्थायी कमिटी बैठक बसी आगामी रणनीति तय गरिने पनि स्पष्ट पार्नुभयो। उहाँवे भन्नुभयो, ‘संसद छोडेर हिँडेको होइन। एउटा एजेण्डा जो सरकारसँग सम्बन्धित थियो। त्यसको बहिष्कार गरेको हो।

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले सरकारको आयु सकिएको दाबी गर्नुभयो। उहाँले पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने पनि सरकार टिक्ने आधार नभएकोले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा बस्ने कुनै अधिकार नभएको दाबी गर्नुभयो।