काँग्रेसले शीर्ष नेताहरूको निर्वाचन क्षेत्र टुंगो लगायो

काठमाण्डौं,कार्तिक,१०-

नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको काँग्रेस संसदीय समितिको बैठकले पार्टीका नेताहरुको उम्मेदवारी टुंगो लगाएको हो । 

शीर्ष नेताहरु कहाँ कहाँ बाट  लड्दै छन् त ?

१. काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा डडेलधुरा,

२. रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं.–१

३. महामन्त्री डा. शशांक कोइराला नवलपुर क्षेत्र नं.–१

४. पूर्व महामन्त्री प्रकाशमान सिंह काठमाडौं क्षेत्र नं.–१

५. पूर्व महामन्त्री विमलेन्द्र निधि धनुषा क्षेत्र नं.–३

६. नेता विजय गच्छेदार सुनसरी क्षेत्र नं.–३

७. नेता गोपालमान श्रेष्ठ स्याङजा क्षेत्र नं.–२

८. पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं.–१

९. ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं.–४

१०. डा. मीनेन्द्र रिजाल मोरङ क्षेत्र नं.–२

११. महेश आचार्य मोरङ क्षेत्र नं.–४

१२. डा. शेखर कोइराला मोरङ क्षेत्र नं.–६

१३. रमेश रिजाल पर्सा क्षेत्र नं.–४

१४. एनपी साउँद कञ्चनपुर क्षेत्र नं.–२

१५. रमेश लेखक कञ्चनपुर क्षेत्र नं.–३

१६. गगन थापा काठमाडौंक्षेत्र नं.–४

१७. डा. प्रकाशशरण महत काठमाडौं ५

१८. नवीन्द्रराज जोशी काठमाडौं ८

१९. डा. नारायण खड्का उदयपुर क्षेत्र नं.–१

२०. नारायण कार्की उदयपुर क्षेत्र नं.–२

२१. अर्जुन जोशी पर्वत र फर्मुल्ला मन्सुर वारा क्षेत्र नं.–३ बाट चुनाव लड्ने काँग्रेस संसदीय समितिले निर्णय गरेको छ ।