ब्रेकिङ न्यूज : लुक्लाबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

सम्पर्कविहीन मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ हुन्

काठमाडौं,असार,२६-सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो।

६ जना यात्रुसहित मंगलबार विहान १० बजेर १० मिनेट जाँदा उडेको हेलिकप्टर सम्पर्कविहिन बनेको हो।

सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ रहेको खुलेको छ।

विदेशीलाई माउन्टेन फ्लाइट गराएर फर्किँने क्रममा सम्पर्कविहीन भएको नाइन एनए-एमभी कलसाइन रहेको हेलिकप्टर पौने ११ बजे काठमाडौं आईपुग्नु पर्नेमा सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।

हेलिकप्टरमा सवार पाँचै जना यात्रुहरू मेक्सिकन नागरिक  हुन्। हेलिकप्टरको खोजी कार्य जारी रहेको पनि विमानस्थलले जनाएको छ ।