कम्प्युटर शिक्षामा शितगंगा युवाहरुले नगरपालिकाको विद्यालयहरुमा सहयोग गर्ने

अराज सिहं बेल्बासे/

अर्घाखाँची,भदौ,२०-
शितगंगा नगरपालिका विभिन्न स्थानबाट देश तथा विदेशमा रहेका युवाहरुले शितगंगा नगरपालिकाका सबै माध्यमिक विद्यालयहरुमा प्राबिधिक शिक्षा लागुगर्न सबै वडामा सामुदायिक पुस्ताकालय निमार्ण गर्ने जस्ता कार्यमा कसिएका छन । त्यसका लागी अहिले सबै एक जुट भएर अनिवार्य कम्प्युटर शिक्षा प्रदान गर्ने अभियानमा लागेका छन् ।

बिदेशमा रहेका हरुले अन्तराष्टिय शितगंगा सेवा समाज सस्थां खोली शिगरपालिकाका १४ वडा हरुमा रहेका माबि हरुमा कम्प्युटर शिक्षा तथा प्राबिधिक शिक्षा लागु गर्ने उदेश्यले सबैले आफु सक्दो सहयोग सनंकलन गरिरहेका छन ।

शितगंगा नगरपालिकाका विभिन्न स्थानबाट रोजगार तथा तथा व्यवसायका लागि नेपाल भन्दा बाहिर बसोवास गर्दै आएकाहरुले आफ्नो गाउँ आफै बनाउ भन्ने उद्श्यका साथ अन्तर्रा्ष्ट्रिय शितगंगा सेवा समाजको स्थापना गरी नेपालको सबै भन्दा ठुलो नगरपालिका शितगंगा नगरपालिकालाई पहाडी नगरपालिका मध्ये उत्कृष्ट नगरपालिका बनाउनका लागि आफुहरु विदेशबाट भए पनि लागि परेको सस्थाका सक्रिय सदस्य मधु अधिकारीले बताउनु भयो ।

यस्तै : बिद्यालयमा आफुहरुले प्रदान गरे पछि पुन सञ्चालनमा ल्याउने बिषयमा बिभिन्न बिद्यालयका ब्यबस्थापन समिती तथा शितगंगा नगरपालिकाका मेयर उपमेयर सगँ पनि छलफल गरेको तथा नगरपालिकाले पनि फर्नीचर ,प्राबिधिक शिक्षक तथा कक्षाकोठाको ब्यबस्था गर्न प्रतिबद्धता गरेको र मर्ममत सम्भारमा बिद्यालयले गर्ने गरि काम अघि बडाइएको उहाँले बताउनुभयो ।

“सुशासन सम्वृद्धि र ऐकिबद्धता समाज सुधार हाम्रो प्रतिवद्धता’’ भन्ने मुल नारा बोकेको यस सस्थाले बिदेशमा मेहनत गरेर कमाएको सानो सहयोगले आफना गाउँ ठाउँको मुहार फेर्न सके स्थानिय स्थरमै दक्ष भएर बिदेशिनु नपरोस भनेर हाम्रो गाउँ मिलेर बनाउ भन्दै एक जुट भएर लागेका छन ।

आगामी दिनमा धेरै काम गर्ने उद्श्य भए पनि हाल शितगंगा नगरपालिकाका विभिन्न स्थानमा रहेका माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्नका लागि विदेशबाट आफुले कमाएको केही रकम कटाएर विभिन्न विद्यालयमा अध्ययन गरिरहेको कम्प्युटर शिक्षा प्रदान गर्नका लागि आफुहरु लागि परिरहेको संस्थाका सदस्य महेन्द्र क्षेत्रीले जानकारी दिनु भएको छ ।

अहिले बिभिन्न देशबाट आर्थिक सकंलन भैइरहेको छ इच्छुक हरुलाइ पनि अन्तराष्टिय शितगंगा सेवा समाज नामक फेसबुक बाट जानकारी गर्न सकिने सस्थाका सदस्य महेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । अहिले धेरै प्रचार प्रसार तथा धेरै लाइ अभियानको जानकारी नभएकोले आर्थिक सकंलन भने जति भएको छैन ।

तर पनि बिभिन्न वडाका ब्यक्ती हरुले सहयोग गर्ने क्रम भने जारी रहेको र स्वदेश बाट पनि धेरैले सहयोग गर्ने गरेको जना केसीले बताउनु भयो । साथै आफ्नो ठाउको बिकासकोलागी सानो सहयोग पनि ठुलो हुने भएकोले सबैलाइ सहयोगी हातहरु आफ्नो गाउठाँउ बनाउने तर्फ पनि सहयोग गर्न अनुरोध गर्नु भयो ।