रुकुममा बाँदर र दुम्सीले मकैबालीमा क्षति

रोशन घर्ति
दाङ,भदौ,२०-
रुकुमको विभिन्न ठाउँमा बाँदर र दुम्सीले मकैबालीमा क्षति पु¥याएको छ । जिल्लाको पुथाउत्तरगंगा, भुमे र सिस्ने गाउँपालिकामा लगाइएको मकैमा बाँदर र दुम्सीले क्षति पु¥याएपछि किसानहरु चिन्तित भएका छन् ।

पाक्न लागेको मकैमा जंगली जनावरले क्षति गर्न थालेपछि मकैको बिउँपनि नउठ्ने होकी भन्ने चिन्ता बढेको भुमेका किसान जुनबहादुर बुढाले बताउनुभयो । विगतका वर्षहरुको तुलनामा यो वर्ष बाँदर र दुम्सीले मकैमा बढी क्षति गरेको उहाँको भनाइ छ ।

मानिस र कुकुर हेरालो बसे पनि बाँदरले छक्याएर मकै खाने गरिरहेको तथा दुम्सीले रातको समयमा मकै खाने गरेको किसानहरुको भनाई छ । पाक्दै गरेको मकै बाली बाँदर र दुम्सीले नष्ट गर्न थालेपछि खाद्यान्न संकट पर्ने चिन्तामा किसानहरु परेको छ ।