नेपालगन्जको प्रादेशिक महोत्सव वर्षाका कारण ३ दिन सारियो

नेपालगन्ज,फाल्गुन,१५-
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनमा फाल्गुन १६ गते देखि हुने भनिएको महोत्सव बुधवार बिहानै देखि परेको अबिरल वर्षाका कारण ३ दिन पछि सारिएको छ।

उद्योग वाणिज्य संघले बुधवार एक पत्रकार सम्मेलन गरि महोत्सव सारिएको औपचारिक जानकारी गराएको हो।

फाल्गुन १६ गते देखि २६ गते सम्म सन्चालन हुने भनिएकोले महोत्सवको तयारी अन्तिम चरणमा पुर्याइएको थियो तर वर्षाका कारण महोत्सव स्थलमा हिलो जमेकोले महोत्सव फाल्गुन १९ गते आइतबार देखि फाल्गुन २९ गते सम्म सन्चालन हुने उद्योग वाणिज्य संघका अध्यक्ष नन्द्लाल वैश्यले जानकारी दिनु भयो