निश्चल चौधरिको पहिलो थारु गीत `बरे गोहोर बिल्गैठो´ साङ्गीतिक बजारमा

नेपालगन्ज,फाल्गुन,१५-
पछिल्लो समयमा नेपाली साङ्गीतिक बजारमा बिल्कुलै नयाँ फरक मौलिकता बोकेको थारु गीत बजारमा आएको छ।

सम्भावना बोकेका नव सर्जक निश्चल चौधरिको उत्कृष्ट शब्द सृजना रहेको गीतमा लय लोकदोहोरी गायक तथा हास्यकलाकर मनिश खड्काको रहेको छ भने गीतमा मनिश खड्का र समीक्षा चौधरिको स्वर रहेको छ।

चौधरिको मौलिकता झल्काउने उक्त गीतको म्युजिक भिडियो पनि एकदम राम्रो बनेको छ।भिडियोमा सर्जक स्वय निश्चल चौधरिले अभिनय गरेका छन भने उनलाई भिडियोमा अर्कि मोडल दिव्यानि बोहोराले साथ दिएकी छिन।

हरिस महराको छायांकन रहेको उक्त गीतको म्युजिक भिडियोमा भरत भण्डारिको निर्देशन र राजेश कुमारको सम्पादन रहेको छ। गीतको भिडियो मनिश खड्का नामक युटुव च्यानलबाट बजारमा सार्वजनिक गरिएको हो