आज सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं,आषाढ,२०-स्थानीय बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघ fenegosida का अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् आइतवार सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, अघिल्लो दिन २५ रुपैयाँले घटेको चाँदी यो दिन स्थिर रहेको छ । यो दिन चाँदी प्रतितोला १ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो । 

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य भने बढेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्को कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७१२ दशमलव ४९ डलर पुगेको छ ।

त्यसैगरी, सोमवार अमेरिकी डलरको मूल्य भने स्थिर रहेको छ ।  यो दिन एक अमेरिकी डलरको विक्रीदर १२६ दशमलव ७८ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन‌ पनि सोही मूल्यमा अमेरिकी डलरको विक्री भएको थियो ।