नाइजेरियामा डुंगा दुर्घटना हुँदा २ सय यात्रु डुबे,खोजी कार्य जारी

फाईल तस्विर !!

एजेन्सी,जेठ,१३-अफ्रिकी मुलुक नाइजेरियामा २ सय यात्रु सवार एक डुंगा डुबेको छ।नाइजेरियाको दक्षिणी क्षेत्रमा रहेको केबी जिल्लाका लागि सवार डुंगा टुक्रिएर डुबेको हो ।

डुंगामा सवार पाँच जनाको भने उद्धार गरिएको छ । डुंगामा सवार २ सय मध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।

८० यात्रुको क्षमता रहेको उक्त डुंगामा क्षमता भन्दा बढी यात्रु रहेकै कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

डुंगामा सवार ब्यक्तिहरुले सुनखानीबाट बालुवा समेत उक्त डुंगामा लोड गरेकोले भार थेग्न नसकी दुर्घटना भएको बुझिएको छ । डुंगामा सवार अन्यको खोजी जारी छ ।