प्रतिनिधि सभा विघटनविरुद्ध १९ रिटहरुको सुनुवाइ आज हुने

बाँकि ११ रिटको सुनुवाई भोली १४ गते शुक्रबार हुने

काठमाडौं,जेठ,१३-प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमध्ये केहीको (बिहिबार) आज प्रारम्भिक सुनुवाइ गरिने भएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका २४ रिट निबेदनमध्य केहीको संबैधानिक इजलासबाट सुनुवाइ हुनु पर्ने माग गरिएको छ भने केहीको साधारण इजलासबाट प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

साधारण इजलासबाट सुनुवाइ गर्नुपर्ने गरी माग गरिएका रिट निवेदकको आज सुनुवाइ हुने भएको हो । त्यस्ता रिट निवेदन एक दर्जनभन्दा बढी रहेको बुझिएको छ ।

झण्डै चार थान रिट निवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संबिधानको धारा ७६ को उपधारा ५ बमोजिको प्रधानमन्त्रीको नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्चमा दायर भएका छन् ।

ती रिट निवेदनको पनि आजै पेशी तोकिने जनाइएको छ । प्रधानमन्त्रीले ओलीले गरेको सिफारिस बमोजिम केही दिन अघि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।

प्रतिनिधि सभा विघटनविरुद्ध र ओलीलाई नै धारा ७६ को ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग सहित सर्वोच्चमा २८ वटा रिट निवेदन दायर भएका थिए ।