सिन्धुपाल्चोकको जुगलमा पहिरो जाॅंदा एकै परिवारका ६ जनासहित ३८ बेपत्ता, ८ घाइते

फाईल तस्विर !!
काठमाडौं,साउन,३०-सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका छन्।

अहिले पहिरो गएको स्थलमा रहेका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले स्थानीय मानबहादुर दोङको परिवारको ६ जनासहित ३८ जना बेपत्ता भएको जानकारी दिनुभयो। उहाॅंले ८ जना घाइतेलाई उद्धार गरी उपचारका लागि पठाइएको जानकारी दिनुभयो।

अहिलेसम्म एकै परिवारका ६ जनासहित ३८ जान बेपत्ता भएको जानकारी आएको छ ।८ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाएका उहाॅंले बताउनुभयो ।उहाॅंले पहिरोबाट ३७ घर पूर्णरुपमा ध्वस्त भएको जानकारी दिनुभयो।