कोरोना संक्रमणः मड्रिडका पूर्व अध्यक्ष सान्जको मृत्यु, माल्दिनी र दिबाला संक्रमित

काठमाण्डौं,चैत्र,९-कोरोना भाईरसको संक्रमणबाट स्पेनिस फुटबल क्लब रियाल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ ।

सन् १९९५ देखि २००० सम्म रियाल मड्रिडका अध्यक्ष रहेका सान्जको गएराति अस्पतालमा मृत्यु भएको उनको छोरा डुरान सान्जले ट्वीटरमार्फत बताएका छन् ।

७६ वर्षिय सान्जलाई कोरोनाभाईरसको संक्रमण भएपछि विगत केहीदिनदेखि अस्पतालमा उपचार गराईरहेका थिए ।

उता,इटालीयन फुटबल हस्ती पावलो माल्दिनीलाई पनि कोरोनाभाईरसको संक्रमण भएको छ । 

यसैगरी फुटबल क्लब युभेन्टसका अर्जेन्टाईनी खेलाडी पाब्लो डिबाला पनि संक्रमणमा परेका छन् ।उनीहरु दुबै जना क्वारेन्टानइनमा बसेर उपचार गराईरहेका छन् ।एजेन्सी