जापानमा कोरोनाबाट ४९ जनाको मृत्यु, १८१० जनामा संक्रमण ८४६ जना निको भएर घर फर्किए

जापानको कुन (केनमा) कती संक्रमित

काठमाण्डाै,चैत्र,१०-कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट जापानमा सोमबार सम्म ४९ जनाको मृत्यु भएको छ। 

जापानमा १ हजार ८ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।जस मध्य ८ सय ४६ जना निको भएर घर फर्किसकेका छन्,भने ४९ जनाको ज्यान गईसकेको हो।अहिले १ हजार ८४ जनाको उपचार भैईरहेको छ ।ज्यान गुमाउनेमा अधिकांश वृद्ध,वृद्धा बढी रहेका छन् । 

फाईल: तस्बिर

चीनको वुहानबाट  सुरु भएको कोरोना भाइरस  पहिलो पटक जापानको योकोहामा बन्दरगामा पुगेको पानीजहाजमा आएको एक जना व्यक्तीलाई कोरोनाको सङ्क्रमण भेटिएको थियो ।त्यसपछि उक्त व्यक्तिबाट ७१२ जना व्यक्तीमा देखा परेको थियो ।

जापानको ४७ (केन) मध्य ४२ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

तसर्थ जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

जापानको होक्काईदो केन कोरोना भाइरसका कारण सबै भन्दा बढी प्रभावित भएको छ । अहिले सम्म होक्काईदो केनमा १६२ जनामा संक्रमण देखिएको मध्य ६ जनाको ज्यान गईसकेको छ । यस्तै मियागी केनमा १ जना, आकिता केनमा १ जना, फुकुसिमा केनमा २ जना, ईबाराकि केनमा ४ जना,तोचिगी केनमा ४ जना,गुन्मा केनमा, ११ जनामा संक्रमण देखिएको मध्य १ जनाको ज्यान गईसकेको छ । 

यसैगरी साईतामा केनमा ५० जनामा संक्रमण देखिएको मध्य १ जनाको ज्यान गईसकेको छ भने उता चिबा केनमा ४४ जनालाई संक्रमण देखिएको छ । त्यस्तै टोक्योमा १३८ जनामा संक्रमण देखिएको मध्य ४ जनाको ज्यान गईसकेको छ । यता खानागावा केनमा ७७ जनामा संक्रमण देखिएको मध्य ४ जनाको ज्यान गईसकेको छ । उता निईगाता केनमा २७ जनामा संक्रमण देखिएको छ । 

यसैगरी जापानको ईसिगावा केनमा ८ जनामा संक्रमण देखिएको छ। यस्तै फुकुई केनमा पनी १ जनामा संक्रमण देखिएको छ । त्यसैगरी यामानासी केनमा २ जनामा संक्रमण देखिएको छ । उता नागानो केनमा ४ जनामा संक्रमण देखिएको छ । यस्तै गिफु केनमा ५ जनामा संक्रमण देखिएको छ । यसैगरी सिजुओका केनमा ३ जनामा संक्रमण देखिएको छ,भने आईची केनमा १४३ जनामा संक्रमण देखिएको मध्य १६ जनाको ज्यान गईसकेको छ । 

त्यस्तै जापानको मिए केनमा ८ जनामा संक्रमण देखिएको छ । उता सिगा केनमा पनी ४ जनामा संक्रमण देखिएको छ । यस्तै क्योउतो केनमा २४ जनामा संक्रमण देखिएको छ । त्यस्तै ओओसाका केनमा १३१ जनामा संक्रमण देखिएको मध्य २ जनाको ज्यान गईसकेको छ ।यस्तै हियोउगो केनमा पनी १११ जनामा संक्रमण देखिएको मध्य ६ जनाको ज्यान गईसकेको छ । त्यस्तै नारा केनमा ९ जनामा संक्रमण देखिएको छ । 

यसैगरी वाकायामा केनमा १७ जनामा संक्रमण देखिएको मध्य १ जनाको ज्यान गईसकेको छ । यस्तै ओकायामा केनमा १ जनामा संक्रमण देखिएको छ । त्यस्तै हिरोशिमा केनमा ३ जनामा संक्रमण देखिएको छ । यता यामागुची केनमा ४ जनामा संक्रमण देखिएको छ । त्यसैगरि तोकुसिमा केनमा १ जनामा संक्रमण देखिएको छ,भने खागावा केनमा पनी १ जनामा संक्रमण देखिएको छ । 

यसैगरी एहिमे केनमा ३ जनामा संक्रमण देखिएको छ,भने कोउची केनमा १२ जनामा संक्रमण देखिएको छ । यता फुकुओका केनमा ५ जनामा संक्रमण देखिएको छ । त्यस्तै सागा केनमा १ जनामा संक्रमण देखिएको छ । नागासाकी केनमा १ जनामा संक्रमण देखिएको छ । उता कुमामोतो केनमा ७ जनामा संक्रमण देखिएको छ । त्यस्तै ओईता केनमा २१ जनामा संक्रमण देखिएको छ । यस्तै मियाजाकि केनमा ३ जनामा संक्रमण देखिएको छ, भने ओकिनावा केनमा पनी ३ जनामा संक्रमण देखिएको छ । 

जापान सरकारले कोरोना भाइरस संग लड्न आपकालीन राहत कोष संचालन गरेको छ । कोरोना भाइरसबाट सावधानी अपनाउन अहिले यहाँका सम्पुर्ण शैक्षीक संस्थाहरु र बन्द रहेका छन् । स्रोत: माईनीची सिन्बुन