उडान नेपालले शुक्रबार करियर काउन्सिलिङ तथा मोटिभेसन सेमिनार गर्दै

नेपालगन्ज,चैत्र,२७-
नेपालगन्जमा यहि आउँदो शुक्रबार करियर काउन्सिलिङ तथा मोटिभेसन सेमिनार हुने भएको छ।

सामाजिक कार्य गर्नका निमित्त स्थापना भएको संस्था “उडान नेपाल” को आयोजनामा नेपालगन्जको ग्यालेक्सी होटेलमा बिहान १० बजे देखि उक्त कार्यक्रम सन्चालन हुने संस्थाका अध्यक्ष जनक थापाले जानकारी दिए।

 

विशेष गरि एस इ इ दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरि उक्त काउन्सिलिङ कार्यक्रमको आयोजना गर्न लागेको आयोजक टिमले जनाएको छ।

कार्यक्रममा १५० भन्दा बढी एस इ इ दिएका बिद्यार्थिहरुको सहभागिता रहने छ। मोटिभेसनल स्पिकर रबिन्द्र कर्ण र अंकित   श्रीवास्तवद्वारा दिइने उक्त करियर काउन्सिलिङ कार्यक्रममा एस इ इ दिएका जो कोहिलाई निशुल्क सहभागी गराईने पनि उडानका अध्यक्ष थापाले बताए।