गायक रविनको देउसीरे आयो

रोशन घर्ति
दाङ,असोज,२४-
देउसी रे …………देउसी रे……..भन्दा
केटाकेटी रहँदा गाउँमा भाच्चिएको डर्म बजाउदै गाउँमा ५ रुपिया पाईने दाउमा साथीहरुसँग हिडेको सम्झना आयो । किनकी अब त टिन एजमा छु । अब मलाई त्यो पुरानो दिनमा फर्कीएर रमाउन पनि सक्दैन न त आफु भन्दा धेरै ठुलासँग रमाईलो गर्नपनि खासै रमाईलो हुदैन । यसो भन्दै गर्दा महान पर्व तिहारलाई कुनै प्रकारको असर भने नपरोस ।
यतिधेरै कुरा मैले गरेको एकजना गायकको बारेमा हो । उहाँ हुनुहुन्छ गायक रविन सवार काजी
पप गितबाट मन जित्न सफल उहाँले तिहारको गित पनि पपमा नै सार्वजनिक गर्नुभएको छ । युवाको मन छुने पप गित मौलिक हिन्दुको दोस्रो महान पर्व तिहारमा खेलिने देउसी भैलो गित हो । रविन सवार काजी पश्चिम नेपालको टिकापुर कैलालीको हुनुुहुन्छ । हालसम्म आधा दर्जन गित बजारमा सार्वजनिक गरीसक्नुभएको उहाँले थुप्रै स्रोताको मन जित्न सफल हुनुभएको छ ।
प्रस्तुत गित देउसीरे आयो बोलको गितमा पनि रविन सवार काजीको शब्द,संगित र स्वर रहेको छ । पुस्कर खत्रीको एरेन्ज रहेको गितमा रुपेश चालिसेको छाँयाकन र सम्पादन रहेको छ ।

रविन सवार काजी र रुपेश चालिसेको निर्देशन रहेको गितमा सुजता ढुङगाना,सिर्जना रावल,कोमल बाजगैन,गिता बाजगैन,इनिसा बाजगैनको अभिनय रहेको छ ।
गितले सफलता पाओस शुभकामना
गित हेर्नका लागी लिङ्कमा क्लिक गर्नुहोला ।