राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने

दंगालीमा खुशीयाली (ठाँउ–ठाँउमा दिपावली)

नरेश खड्का/
घोराही,असोज,२५-

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विधेयक व्यवस्थापीका सांसदबाट पारित भएसँगै दंगालीले खुशीयाली मनाएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न बनेको विधेयक व्यवस्थापिका–संसदबाट मंगलवार पारित भएसँगै दंगालीहरुमा खुशीयाली छाएको हो ।

खुशीयालीमा मंगलवार बेलुकी अस्पताल विकास समितिले दिप प्रज्वलन गरेर सरकारको निर्णयको स्वागत गर्दै खुशीयाली मनाएको छ । जसमा राजनितिक दलका प्रतिनीधीहरु, सामाजिक संघसंस्थाका प्रतिनिधी एवं जिल्लाबासीहरुको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष शंकरसिंह थापाले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनकालागि पहल गर्ने राजनितिक दल, नेता, पत्रकार लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । यस्तै अस्पतालका मे.सु जनार्दन पन्थीले स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे जानकारी गराउनुभयो ।

यस्तै दाङ जिल्ला उद्योग वणिज्य संघले पनि दिप प्रज्वलन गरेर सरकारको निर्णयको स्वागत गरेको छ । संघको कार्यालय परिसरमा दिप प्रज्वलन गरेको थियो ।

त्यस अवसरमा लामो समयदेखी वाणिज्य संघले पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनकालागि बारम्वार पहल गरेको बताउदै एउटा मिसन पुरा भएको बताउनुभयो ।

यस्तै गौतम विकास टोल विकास संस्था, अस्पताल टोल विकास संस्थाल पनि मंगलवार बेलुकी दिप प्रज्वलन गरेका थिए । यस्तै घोराही बजारमा विभिन्न क्षेत्रमा दिपावली समेत गरिएको थियो ।