विश्वकपका लागी फ्रान्स र पोर्चुगल छनोट

नेदरल्याण्ड्स बाहिरियो

काठमाडौं, असोज,२५-

युरोपेली समूहबाट फ्रान्स र पोर्चुगल विश्वकपमा लागि छानिएका छन् ।मंगलबार राती भएको खेलमा स्विट्जरल्याण्डलाई २–० ले हराउँदै युरोपियन च्याम्पियन पोर्चुगल विश्वकपमा छानिएको हो ।

समूहमा दोस्रो भएको स्विट्जरल्याण्डले प्ले अफ् खेल्नेछ । यसैगरी बेलारुसलाई २–१ ले हराउँदै फ्रान्स पनि रुसमा अर्को वर्ष हुने विश्वकपमा लागि छनोट भएको छ ।

यो समुहमा दोस्रो स्थानमा रहंदै स्विडेनले प्ले अफ् चरणमा ठाउँ बनाउँदा तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्स भने बाहिरिएको छ ।

युरोपेली समुहकै अन्य खेलहरुमा बेल्जियमले साईप्रसलाई ४–० ले हराउँदा जिब्रल्टारलाई समान ४–० गोलअन्तरले पराजित गरेको ग्रिस पनि प्ले अफ्का लागि छानिएको छ ।