पपुवा न्युगिनीमाथी नेपालको सानदार जित

यही टोलीले जिम्बाबे यात्रा तय गर्छ : सन्दीप लामिछाने

काठमाडौं,फाल्गुन,२९-घरेलु टिम नेपालले सोमबार आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार जित निकालेको छ ।

९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो।७.४ ओभरमा एक विकेटको क्षतिमा नेपालले लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो।नेपालका लागि आशिफ शेखले अर्धशतक बनाएका हुन् ।

उनले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएर अविजित रहेका थिए।त्यस्तै, कुशल मल्ल १२ रनमा अविजित रहेका थिए।नेपालका लागि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाएका हुन् ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले खराब प्रदर्शन गर्दै नेपाललाई झिनो लक्ष्य दिएको हो।पपुवा न्युगिनीले ३२ ओभरको समाप्तिमा सबै विकेटको क्षतिमा ९५ रन बनाएको थियो।

नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछानेले सानदार बलिङ गरे ।उनले १० ओभर बलिङ गरेर २५ रन दिदै ५ विकेट लिए।यस्तै ललित नारायण राजवंशी र कुशल मल्लले समान २/२ तथा सोमपाल कामीले १ विकेट लिए । 

नेपालले यस सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई नै ५२ रनले पराजित गरेको थियो।विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ। 

जितसँगै नेपाल ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा यूएईसँग बिहीबार खेल्नेछ।यस खेल जितेको खण्डमा नेपालले सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ ।

यसैबिच :स्पिनर सन्दीप लामिछानेले मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढीरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने विश्वास व्यक्त गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमबार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका स्पिनर लामिछानेले अहिलेको टोली सकारात्क तरिकाले अगाडि बढीरहेको बताए ।

उनले केही समयअघि नेपाली टोली कठिन अवस्थामा रहेको र नयाँ प्रशिक्षको आगमनसँगै टोलीले नयाँ गति लिएको बताए । यही टोलीमा खेलाडी राम्रो तालमेल रहेको भन्दै आगामी दिनमा नेपाली क्रिकेट राम्रो हुने प्रतिक्रिया दिए ।