राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को डेली लाइफ फोटोपत्रकारिता अवार्ड विधाको लागि नेपाल टेलीकमको सहयोग

काठमाण्डौं,चैत,१९-
“राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को डेली लाइफ फोटोपत्रकारिता अवार्ड विधाको लागि नेपाल टेलीकमको सहयोग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आगामी २०७५ साल बैसाख १३ गते फोटोपत्रकारीता दिवसको अवसरमा आयोजीत ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ द्रोस्रो चरणको डेलीलाइफ फोटोपत्रकारीता विधातर्फ नेपाल टेलीकमले प्रायोजन गर्ने भएको छ।

उक्त अवार्डको लागि आज नेपाल टेलीकमका कमरर्सियल डेपुटी म्यानेजर ईश्वरचन्द्र रिमाल र कार्यक्रम संयोजक प्रदीपराज वन्त विच सम्झौता पत्रका हस्ताक्षर भएको छ ।

नेपाल अधिराज्यभर डेली लाइफ विधामा फोटोपत्रकारीता गर्नेहरु मध्यवाट एक जना सक्रिय फोटो पत्रकारलाई यो पुरस्कार प्रदान गरिने छ ।

पुरस्कारको राशी २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहेको छ । उक्त अवार्ड काठमाडौंको नेपाल आर्मी क्लवको हलमा विषेश कार्यक्रम गरि वितरण गरने छ ।