‘ए’ डिभिजन लिग आजबाट,पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने

खेल साँझ ५:३० बजे सुरु हुने

फाईल तस्विर !!

काठमाडौं,फाल्गुन,१९-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको आज शुक्रबारबाट सुरु हुँदैछ ।

यसपाली ‘ए’ डिभिजन लिग तीन मैदान दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । लिगको प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिजनबाट हुनेछ।

खेल शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।लिगको पहिलो खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।दशरथ रंगशालामा हुने पहिलो खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।