नेपालमा १०३९ संक्रमित थपिए, ११७३ डिस्चार्ज, ९ जनाको मृत्यु

काठमाडौं,भदौ,२८-पछिल्लो २४ घण्टामा १०३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०३९ संक्रमित थपिएका हुन् ।

हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ ।
२४ घण्टामा ९१६५ जनाको पीसीआर परीक्षण गरिएको छ ।२४ घण्टामा ११७३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३८६९७ रहेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रण पुष्टि भएको छ ।

काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।मृत्यु भएकामध्ये ६ जना काठमाडौं उपत्यका मात्र छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ पुरुष र २ महिला, मोरङमा १ पुरुष, सिन्धुपाल्चोकमा १ पुरुष र कास्कीमा १ जना महिलाको मृत्यु भएको छ ।योसहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।