कैदी बन्दीहरुलाई आज सामूहिक इफतार गराईने

आलम खाँन,

नेपालगंज,जेष्ठ,२९-

मुस्लीम समुदायकोे महत्वपुर्ण चाड रमजानको अवसर पारेर बाँके जिल्ला कारागारमा रहेका मुस्लिम कैदीहरुलाई वामी नेपालको सहयोगमा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)ले स्थानीय प्रशासन संग लिखित अनुमति लिएर मुस्लिम कैदीहरुलाई सामुहिक भोजन दान अर्थात इफतार आज सोमबार गराउन लागेको हुरीपपकि सचिव सुनिता चौधरीले बताउनु भयो ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मो. हारुनको प्रमुख अतिथिमा हुने इफतार कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्त,प्रहरी प्रमुख टेक प्रसाद राई लगायतको सहभागिता रहने हुरीपपले जनाएको छ ।

बाँकेको कारगारमा करिव दुई सय जना भन्दा बढी मुस्लिमहरु बन्दी जीवन बिताउदै आएकाहरुनिरन्तर रोजा बस्दै आएका छन् कैदीहरुलाई इस्लाममा रोजाको महात्वका बारेमा जानकारी दिनुका साथै सामूहिक इफतार गर्ने कार्यक्रम राखीएको सचिव चौधरीले बताईन् ।

सचिव चौधरीले भन्नुभयो,रमजान महिना केवल दिन भरी भोकै बस्नु संग सम्बन्धीत छैन् यो पवित्र महिना भरी ब्रत बसेर हामी हाम्रो चित्त शुद्ध गर्ने र समस्त मानव जाति र जगतको भलाईका लागि प्रार्थना गर्ने महात्वपूर्ण महिना हो ।

जेष्ठ १४ गते बाट सुरु भएको एक महिने रमजानको समयमा मुस्लिम समुदायका बाल बच्चा ,बृद्ध र असक्त बाहेक सवैले विहानको सुर्य उद्धोय देखि सुर्य अस्थ नभएसम्म केही पनि खानेकुरा नखाई वर्त वस्ने प्रचलन रहदै आएको हुरीपप कि सचिव चौधरीले बताउनु भयो ।

उहाँले बाँके जिल्लाको कारागारमा रहेका ७ जना मुस्लिम महिला बन्दी सहित २०० कैदी मुस्लिमहरु रोजा बस्दैै आइ रहेको जिकिर गर्नु भएको थियो ।