रवि लामिछानेले प्रधानमन्त्री “प्रचण्ड”समक्ष बुझाए राजीनामा

काठमाडौं,माघ,१३-सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त हुनु भएका रवि लामिछानेले राजीनामा बुझाउनु भएको छ।

उहाँ बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बन्नु भएको थियो।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ ।