थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं,साउन,२७-नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९०७ पीसीआर परीक्षणमा २ हजार ६१६ र ५ हजार ७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी कुल ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा देशभर ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ३० जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ पुगेको छ । यसैगरी, बुधवार १ हजार ८८५ जना निको भएसँगै हालसम्म ६ लाख ७५ हजार ८३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।