लुम्बिनीमा भोलि ३ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान

काठमाण्डौं,साउन,२७-लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले दुई वा दुई भन्दा बढी दलको सरकार गठन गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गर्नु भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको हो ।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम दुई वा दुइ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई साउन २८ गते ३ बजेसम्म दाबी पेश गर्न आव्हान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।