अर्थमन्त्री डा. युवराज खतिवडा अर्थ मन्त्रालयबाट विदा भए

फाईल तस्विर !!

काठमाडौं,भदौ,१९-अर्थमन्त्री डा. युवराज खतिवडा अर्थ मन्त्रालयबाट विदा हुनुभएको छ।सांसदकाे रुपमा कार्यकाल सकिएपछि पनि पुनः नियुक्ति पाएका उहाॅंले संबैधानिक व्यवस्था अनुसार भोलि भदौ २० गतेदेखि मन्त्री पदको कार्यकाल सकिन्छ।

कार्यकाल सकिनु एक दिनअघि उहाॅं अर्थमन्त्रालयबाट बिदा हुनुभएको हो ।आज शुक्रबार मन्त्रीपरिषद् बैठकमै आजै राजिनामा दिने जानकारी गराउनु भएको खतिवडा अर्थ मन्त्रालय आएर बिदा भएको हो ।उहाॅंले त्यस अवसरमा त्यहाँ सामुाहिक तस्बिर खिचाएर विदा भएको थियो ।

सरकारको प्रवक्ता र सूचना तथा सञ्चार प्रबिधिमन्त्री समेत रहेका खतिवडा अर्थ मन्त्रालयबाट बिदा भएर सञ्चार मन्त्रालय समेत पुग्नु भएको थियो ।

त्यहाँ सरकारी मिडियाका प्रतिनिधिलाई समेत बोलाएका उहाॅले सञ्चार मन्त्रालयमा आफ्नो अनुभवबारे पनि संक्षिप्त धारणा राख्नु भएको थियो ।

उहाॅं आमसञ्चार, सूचना प्रविधि, विज्ञापन प्रविधिबारे सामान्य जानकार रहेको भए पनि सो मन्त्रालय नै सम्हाल्नुपर्ने जिम्मेवारी भने अनपेक्षितरुपमा आइपरेको बताउनु भएको थियो ।

उहाॅंले सरकारको प्रवक्ताको समेत जिम्मेवारी आउला भन्ने हिसाबले आफू त्यसप्रति मानसिकरुपमा तयार नरहेको अनुभूति समेत बाँडको बताउनुभयो ।

मन्त्री खतिवडाले आफू सञ्चार मन्त्रालयमा रहँदा कतिपय विषयमा विधि स्थापित गर्ने प्रयास गरेको बताउनुभयो ।उहाॅंले आफ्नो व्यक्तिगत अभिष्टका लागि कुनै निर्णय नगरेको दाबी गर्नु भएको थियो।