एकैदिन कोरोनाका कारण १४ जनाको मृत्यु, १३५९ जना संक्रमित थपिए

एकैदिन १३५४ जना निको भए

काठमाडौं,भदौ,१९-नेपालमा पछिल्लो २४ घन्टामा १३५९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५९ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।

यो संक्रमितको संख्या हालसम्मकै उच्च हो । पछिल्लो २४ घन्टामा १३५९ जनामा संक्रमण पुष्टि भएसँगै ४४ हजार २३६ पुगेको हो ।

२४ घन्टामा डिस्चार्ज १३ सय ५४ निको भएका छन् ।योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३६३८ जनाको पिसिआर परीक्षण गरिएको छ।पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।