पुल्चोक झडप:पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युवक पक्राउ

फाईल तस्विरमा !!

काठमाडौँ,भदौ,१८-ललितपुरको पुल्चोकमा बिहिबार भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन इमाडोलबाट पक्राउ परेका हुन् ।ललितपुरमा रथतान्ने क्रम्मा भएको झडपमा भने आफैंले ढुंगा टिपेर प्रहरी माथि प्रहार गरेको थियो । 

महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी  दिनुभयो ।  उनी पत्रकार नभएको खुलेको छ । पुल्चोकमा भएको झडप प्रकरणमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गर्न सफल भएको छ ।