टाढिँदै एमाले माओवादी एकता

काठमाडौँ,पुस,२२-

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रिया लम्बिने भएको छ । पार्टी एकताका लागि पदीय भागवण्डामा कुरा मिल्न नसक्दा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन ।

केहि दिनदेखि एमालेका अध्यक्ष केपी ओली अस्वस्थ बन्दा दुई पार्टीबीच शीर्ष तहमा छलफलसमेत हुन सकेको छैन ।दुई अध्यक्षबीच एक सातादेखि छलफलसमेत हुन सकेको छैन ।

माओवादी केन्द्रले नयाँ सरकार निर्माण हुनुभन्दा अघि नै पार्टी एकीकरण गर्नुपर्ने निर्णय गरेको छ भने एमाले पार्टी एकीकरण र सरकार निर्माण एकसाथ अगाडि बढाउनुपर्ने पक्षमा देखिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।