किसानलाई परिचयपत्र वितरण

बाँके,फल्गुन ३-कृषि विकास कार्यालयले यहाँका ६ हजार ५ सय ७६ किसानलाई परिचयपत्र वितरण गरेको छ । कार्यालयका अनुसार चालु आर्थीक वर्षमा ४ हजार ५ सय र गत वर्ष २ हजार ७६ किसानलाई परिचयपत्र प्रदान गरिएको हो ।

कार्यालयका अनुसार किसानलाई पहिचान गरी उनीहरुको व्यक्तीगत विवरण,परिवार सदस्य संख्या,खेतीको विवरण,उत्पादनको विवरण लगायत तथ्याँक राखिएको कार्यालयले जनाएको छ ।

पाँच कठ््ठा र त्यसभन्दा बढी क्षेत्रफलमा कृषि व्यवसाय गरिएकालाई परिचयपत्र दिइएको वरिष्ठ कृषि विकास अधिकृत कृष्ण बहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार परिचयपत्र लिनेमा महिलाको सहभागिता उल्लेख्य रहेको थियो ।