सुर्खेत उपत्यकालाई भेरी नदीको पानी

सुर्खेते, फागुन २-सुर्खेत उपत्यकामा खानेपानी संकट टार्न खानेपानी उपभोक्ता संस्थाले वैकल्पिक स्रोत व्यवस्थापनलाई तीव्रता दिएको छ । वीरेन्द्रनगरवासीले हालै उपभोग गर्दै आएको झुप्रा खोलासंगै आगामी फागुन मसान्तसम्म खरीबरी पानी समेत पाउने भएको हो । दुई अलग खरीबारी खोलाको महानबाट ३५ लिटर प्रतिसेकेण्ड पानी आपूर्ती गराउने एक मात्र निकाय हो ।

संस्थाका अध्यक्ष कुलमणि देवकोटाले खरीबरी खोलासंगै भेरी नदीको पानी पम्पिङ प्रविधिबाट उपत्यकामा ल्याउन थालिएको जानकारी दिनुभएको छ । चालु आर्थीक वर्षभित्रै सम्भाव्यता अध्ययन थालिनेछ । यसको प्रक्रिया प्रारम्भ भईसकेको छ । उहाँले भन्नुभयो विस्तृत परियोजना प्रतीवेदन पनि यसै वर्षभित्र सकिनेछ । अर्को वर्षदेखि आयोजना निमार्ण सुरु हुनेछ । भेरीको पानी ल्याउन सके मात्र वीरेन्द्रनगरमा खानेपानी हाहाकार हट्ने दाबी गरिएको छ ।