मिस नेपाल २०१७ को उपाधि निकितालाई

इन्द्र कार्की
महेन्द्रनगर,जेठ,२०-

निकिता चन्दकले मिस नेपाल २०१७ को उपाधि जितेकी छन् । शुक्रबार राजधानीमा भएको ग्रान्ड फिनालेमा १९ जना सुन्दरीलाई पछि पार्दै चन्दकले उपाधि हात पारेकी हुन् ।

उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्‍याइदिइन् । उपाधि संगै चन्दकले नगद रु.१ लाख रुपैयाँ पुरस्कार पाएकी छन्।

ग्रान्ड फिनालेमा देशका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने १९ जना सुन्दरीले मिस नेपालको उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

मिस अर्थको ताज पहिरिदैं रोजिना श्रेष्ठले ७५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भइन् भने नीति शाहले मिस नेपाल इन्टरनेशनलको ताज पहिरिएर ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल भइन् ।

मिस एशिया प्यासिफिक इन्टरनेशनल सहारा बस्नेत भएकी छन् । मिस नेपाल निकिताले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् ।