सुर्खेत जिल्ला समन्वय समितिको संयोजकमा काँग्रेसका सिग्देल निर्वाचीत

रोशन घर्ती,

सुर्खेत,साउन,२४-

जिल्ला समन्वय समिति सुर्खेतको संयोजकमा नेपालीकांग्रेसका छविलाल सिग्देल निर्वाचितहुनुभएको छ । सोमबार भएकोनिर्वाचनमा संयोजकसिग्देलसहित नेपालीकांग्रेसको प्यानल नै जिल्ला समन्वय समितिमानिर्वाचितभएको छ ।

surkhet district

यस्तै, उपप्रमुखमाकांग्रेसकै देवी भट्टराई निर्वाचितहुनुभएको छ । दलित सदस्यमाकांग्रेसका पुसे कामीनिर्वाचितहुनुभएको छ भने महिला सदस्यमाबालकुमारी पुन, रमाविसी र पुर्णा चालिसे निर्वाचितहुनुभएको छ। समन्वय समितिको अन्य सदस्यमाकांग्रेसकाविरसिंह घर्ती, बासुदेव शर्मा र तिर्थ रावतनिर्वाचितहुनुभएको छ ।

१८ मतमध्ये निर्वाचनमाकांग्रेसको पक्षमा ११ मत खसेकोथियोभने एमालेको पक्षमा७मत खसेको थियो । एमालेकातर्फबाट संयोजकमा टोपबहादुर रास्कोटी, उप संयोजकमादिपाचन्दको उम्मेदवारी परेको थियो ।

यस्तै, महिला सदस्यकालागि उमा गौतम, चन्द्राकुमारी धामी र सुनिताकुमारी चौधरीको उम्मेदवारी परेको थियो भने दलित सदस्यमा डम्बर नेपाली र खुल्ला सदस्यकालागिमोहनचन्द, गम्भिर समाई र काशीराम देवकोटाको उम्मेदवारी थियो ।