NRNA अमेरिकाको उपाध्याक्षमा सुमन बुडामगर को सबै भन्दा बलियो उम्मेदवारी

उपाध्यक्षमा सबैभन्दा बढी मत दिएर जिताउन सबैमा आग्रह

मिलन मगर,

अमेरिका,साउन,२४-

यही अगस्ट ११/१२ मा हून लागेको NRNA अमेरिकाको राष्ट्रीय निर्वाचनमा लोकप्रिय गायक सुमन बूढामगर सबै भन्दा बलियो उम्मेदवारको रुपमा देखीनु भएको छ । १४,४८२ भोटर रहेको निर्वाचन अहिले सम्मको सबैभन्दा ठुलो निर्वाचन हो ।

लोकप्रिय गायक सुमन बुढा मगर

हिमाली जिल्ला डोल्पामा जन्मेको यूवा उम्मेदवार सुमनलाई स्पष्ट बक्ता खुला बिचार दूरगामी सोच मिठो बोलीवचन मिलनसार सोस्च्छ छबी  धेरै सामाजिक संघ संस्थामा काम गरेको अनुभवको आधारमा
उपाध्यक्षमा सबैभन्दा बढी मत सुमन बूढा तीर ढलकेको छ ।

अमेरिकाको चिरपरिचित ब्यबसायी तथा समाजसेबी सुमन बुढामगर चर्चित गायक भएकोले सबै राज्यहरुमा संस्कृतिक कार्यक्रमहरुमा बाक्लो उपस्थिति जनाउनू पनी सुमन बूढालाई भोटरहरुको बिश्वाश देखीएको हो । संग संगै सुमनले आफ्नो चुनावी घोषणापत्रमा नेपालीको एकता भावी पूस्तालाई भाषा कला संस्कृति र पहिचान सूम्पिनु पर्छ भन्ने नारालाई जोड दिएको छ ।

लोकप्रिय गायक सुमन बुढा मगर (अमेरिका )

नेपालमा भावना र सिपको लगानी,अमेरिकामा रहेको नेपाली लाई आत्मनिर्भर पर्ने सामूहिक र एकल व्यवसाय सिप मूलक भाषागत तालीम हरू दिनु पर्ने दुःख सुखमा हातेमालो गरी गरीब देखी धनी सम्मको साझा संस्थाको रुपमा एनआरएनए लाई जोड दिनुपर्ने बिचार ब्यक्त गर्नु भएको छ ।

नेपाली हात नेपालिको साथ भन्ने सीमप्ल र लोकप्रिय नारा लिएर अघी बढेका गायक सुमन हाल नेपाल सरकारको टुरिजम तथा कल्चरल अवैतनिक दूत र नेपाली अमेरिकन कलाकार संघको केन्द्रिय अध्यक्ष पनी हुनुहुन्छ ।