डा.केसिको माग सम्बोधन गर्नु पर्ने भन्दै सडकमा उत्रियो नेबिसघं

केपि खनाल,

कैलाली,साउन,२४-

शिक्षा सुधारको माग गर्दै आमरण अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन नेपाल विद्यार्थी संघका विद्यार्थी आज नाराजुलुससहित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) प्रांगणमा पुगेका थिए।

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विद्यार्थीहरु केसीको अनसनलाई समर्थन जनाउन तथा माग पूरा गराउन सरकारलाई दबाब दिन त्यहाँ पुगेका हुन्।

उनीहरुले केसीका माग पूरा गर्न भन्दै नाराबाजीसमेत गरेका थिए नाराजुलुस सङगै डा.केसिलाई भेट्न नेबिसघं माहामन्त्री कुन्दनराज काफ्ले ,नेबिसघं केन्द्रिय सदस्य सुशील भट्ट लागाए का बिद्यार्थी नेताहरु पुगेका थिए ।