क्रियाशिल आन्दोलनकारी राजनैतिक पार्टिहरुको संयुक्त बैठक घोराहीमा सम्पन्न

रोशन घर्ती
घोराही,मंसीर २१ –दाङमा क्रियाशिल आन्दोलनकारी राजनैतिक पार्टिहरुको संयुक्त बैठक आज घोराहीमा सम्पन्न भएको छ । आन्दोलनकारी पार्टिका संयोजक टिकाराम खड्काको अध्यक्षतामा भएको बैठकले मंसीर २२ गते देखि २५ गते सम्म हुने बिभिन्न कार्यक्रमको घोषणा गरेको छ । जस अन्तर्रगत आज २२ गते संयुक्त संघर्ष समिति र पत्रकारहरुको बिचमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको छ ।

त्यस्तै २३ गते दाङमा रहेका बिभिन्न संघसस्थाहरु संग अन्तरक्रिया कार्यक्रम गरीने, २४ गते राष्ट्रघाती संसोधन प्रस्ताबको औचित्य बारेमा बृहत अन्तरक्रिया कार्यक्रम गरीने भएको छ । भने २५ गते दाङको सिसहनिया, लमही, गढवा, रामपुर, नारायणपुर, बिजौरी, श्रीगाउँ, र हापुरेमा बिरोध सभा गरीने नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, राष्टिय जनमोर्चा दाङका अध्यक्ष रेशम बिसी, तथा नेकपा माले दाङका सचिब नेत्र प्रकाश पाण्डे द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा जनाएको छ ।